१ कार्तिक २०८३, शनिबार

प्रहरीलाई कुट्ने पाँचजना नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), २३ असोज । चितवनको  भरतपुरस्थित आँपटारीमा प्रहरीमाथि हातपात गर्ने पाँचजनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

आँपटारीमा गाडी जाँचका क्रममा प्रहरीमाथि नै हातपात गरेपछि पाँचजनालाई नियन्त्रणमा लिइएको चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा काठमाडौँका पर्वत चापागाईं, सुरेश हुमागाईं र हेटौँडा नगरपालिकाका प्रवेश बजगाईं, प्रमोद बजगार्इं र रामेश्वर बजगार्इं रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाकारी दिएको छ ।

छतमा बसेर यात्रा गरिरहेको बेला आँपटारीमा चारजनालाई झारेपछि प्रहरीसँग उनीहरुको  विवाद सुरु भएको थियो ।

प्रहरी जवान आशनारायण शाहले लाइसेन्स र बिलबुक देखाउन भनेपछि एक्कासि आक्रमण गरेको आँपटारी प्रहरीले जनाएको छ ।

उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको र बुधबारनै आवश्यक कानुनी कारबाही अगाडि बढाइने कोइरालाले बताउनुभयो । रासस