८ मंसिर २०८३, मंगलबार

उपप्रधानमन्त्री बनेपछि गच्छदारले देश र जनता सम्झिदैं के भने ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ वैशाख । नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफूले राष्ट्रका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सिंहदरबारमा आज साँझ आफ्नो पदभार ग्रहण गर्दै उहाँले भन्नुभयो, “ सङ्क्रमणकालबाट गुज्रिरहेको र राजनीतिक जटिलताको सामना गरिरहेका बेलामा मुलुकले मलाई सम्झेको छ, म छोटो समयमा पनि राम्रो काम गर्छु ।” उपप्रधानमन्त्री गच्छदारले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदारले संविधान कार्यान्वयनको पहिलो खुड्किलो स्थानीय तहको चुनाव सम्पन्न हुने बताउँदै यसलाई अर्थपूर्ण बनाउनका लागि आफू लाग्ने बताउनुभयो ।

दोसो चरणको स्थानीय तहको निर्वाचन गर्न पनि त्यत्तिकै महत्वपूर्ण भएको बताउँदै उहाँले भन्नुभयो, “पहिलो चरणको जस्तै दोस्रो चरणको चुनाव पनि महत्वपूर्ण छ, चुनावमा केही असहमत पक्ष पनि छन्, ती सबै असहमत दललाई चुनावमा ल्याउने जिम्मेवारी निर्वाह गर्छु ।” रासस