काठमाडौं, २५ । एमालेसंग तालमेल गरी उच्च मनोवलका साथ स्थानीय तहको निर्वाचनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवारहरू साधन र श्रोतको न्यूनताबीच पनि उत्साहित देखिएका छन् ।
विगतका निर्वाचनमा जस्तो ‘प्रतिगामी’ भनेर अन्यायपूर्ण टिप्पणी गर्ने परिपाटीको अन्त्य भएको ठानेको राप्रपाले यस पटकको स्थानीय तहको निर्वाचनमा पार्टीका बहुसंख्यक उमेदवारहरू जित्ने अवस्थामा रहेको काठमाडौं महानगरपालिकाका उपमेयरका उम्मेदवार राजाराम श्रेष्ठले दाबी गरे ।
सुदृढ स्थानीय सरकारको माध्यमबाट जनताका विकासको तीव्र आकाक्षालाई पूरा गर्ने लक्ष्य रहेको राप्रपाकाका उमेदवारहरू बताइरहेका छन् ।
राप्रपाले काठमाडौं महानगरपालिका र ललितपर महानगरपालिकामा एमालेसंग तालमेल गरिरहेको छ । तालमेल अनुसार काठमाडौं महानगरपालिका उपमेयरमा राजाराम श्रेष्ठ र ललितपुर महानगरपालिकामा बाबुकाजी प्रधानलाई उममेयरको उमेदवार बनाएको छ ।
श्रेष्ठ काठमाडौंका पूर्वमेयर हुन् भने प्रधान विगतमा जिल्ला विकास समिति ललितपुरको उपसभापति निर्वाचित भईसकेका व्यक्ति हुन् ।
काठमाडौंका पूर्वमेयर श्रेष्ठ पनि यसपटक जितिने आत्मविश्वास देखाएका छन् । गत संविधानसभाको निर्वाचनमा समानुपातिकमा काठमाडौंबाट चुनाव चिन्ह ‘गाई’मा १ लाख २५ हजार मत खसेको थियो ।
चुनाव प्रचारका क्रममा टोल–टोलमा पुग्दा पाएको स्थानीयबासीबाट पाएको स्वागतले राप्रपालाई राजधानीबासीले स्वागत गरिरहेको आफूले विश्वास गरेको उपमेयरका उम्मेदवार श्रेष्ठले बताए ।
पार्टी एककीकरणपछि पहिलेको स्थितिमा ठूलो परिवर्तन आएको काठमाडौं उपमेयरका प्रत्यसी श्रेष्ठको भनाई छ । उनी भन्छन्, ‘मतदाताले यस पटक विगत दुई दशकयताको राजनीतिक अवस्थाको विश्लेषण गर्दै मतदान गर्नेस्थिति छ भने दुई राप्रपाको एकीकरण र एमालेसंगको तालमेलका कारण चुनावी परिणाम अप्रत्यासित हुने छ । तालमेलको सकारात्मक असर महानगर वाहिरका नगरपालिकाहरूमा पनि परेको छ ।’











प्रतिक्रिया