१ कार्तिक २०८३, शनिबार

आठ वर्षमै चलचित्रको निर्देशक बनेर गिनिज बुकमा नाम लेखाउने तयारीमा सौगात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा (झापा), २३ असोज । विराटनगरमा जन्मिएका एक बालक ८ वर्षमा नेपाली कथानक चलचित्रको निर्देशक बनेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने तयारीमा जुटेका छन् ।

हाल काठमाडौँस्थित डिल्लीबजारमा रहेको सूर्योदय ज्योति सेकेन्डरी स्कुलमा कक्षा २ मा अध्ययनरत सौगात विष्ट ८ वर्षमै फिल्म निर्देशक बनेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने तयारीमा जुटेका हुन् ।
उनले नेपाली कथानक चलचित्र ‘लभ यू बाबा’ निर्देशन गरेको छ । यसअघि भारतका एक ९ वर्षीय बालकले फिल्म निर्देशन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका थिए ।

चलचित्र ‘लभ यू बाबा’ का बारेमा जानकारी दिन बुधबार बिर्तामोडमा आयोजित पत्रकारसम्मेलनमा हाल चलचित्रको सम्पादन र पोस्ट प्रोडक्सनको काम भइरहेको जानकारी चलचित्र निर्देशक विष्टले जानकारी दिए । रु ४७ लाखको लागतमा तयार पारिएको चलचित्र वियोगान्त रहेको बताइएको छ ।

पारिवारिक कथावस्तुमा तयार पारिएको चलचित्र आमाको काखविहीन छोरीलाई आमाको अभाव हुन नदिन बुबाले खेलेको भूमिका र सङ्घर्षको कथा समेटिएको छ । आगामी मङ्सिर २६ गतेबाट उपत्यका र उपत्यकाबाहिरका ५० भन्दा बढी हलमा एकसाथ चलचित्र प्रदर्शन गरेर विष्टको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा राख्ने तयारी भइरहेको जानकारी पत्रकारसम्मेलनमा चलचित्रका नायक गजित विष्टले दिनुभयो । रासस