काठमाडौं, २३ असोज । अमेरिकामा इबोलाको पहिलो संक्रमित थोमस एरिक डन्कनको मृत्यु भएको टेक्सास अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् ।
लाइबेरियामा इबोला भाइसल लागेका ४२ वर्षीय डन्कनको अमेरिकाको डलासस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
डन्कनको मृत्युमा प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति बाराक ओबामाले धेरै गल्ती गर्ने समय नभएको बताएका छन् ।
इबोलाका कारण ३ हजार ८ सय ६५ जनाको मृत्यु भइसकेको छ । धेरै मृत्यु लाइबेरिया, सिएरा लियोन र गिनीमा भएको छ ।













प्रतिक्रिया