
काठमाडौं, २४ वैशाख । ‘गुन्डा नाइके’ दीपक मनाङ्गे राजधानीको ठमेलबाट आइतबार साँझ पक्राउ परेका छन् ।
स्थानीय निकायको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै उनलाई काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी छबिलाल जोशीले जानकारी दिए ।
उनका अनुसार राप्रपा मनाङ्गका अध्यक्ष समेत रहेका दीपक मनाङ्गेसहित आजै अन्य २ जना टोले गुन्डाहरुलाई पनि नियन्त्रणमा लिइएको छ ।
‘चुनावलाई प्रभावित पार्ने गतिविधि गर्न लागेको सूचनापछि हामीले मनाङ्गेलाई नियन्त्रणमा लिएका हौं । निर्वाचनपछि अनुसन्धान गरेर रिहा गर्नेबारे निर्णय लिइनेछ,’ एसएसबी जोशीले भने ।











प्रतिक्रिया