८ मंसिर २०८३, मंगलबार

प्रगतिशील युवा संघको ठूलो समूह एमालेमा प्रवेश

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । नेकपा (माले) निकट प्रगतिशील युवा संघ नेपालका महासचिव एवं पार्टी वैकल्पिक केन्द्रीय सदस्य सुमन योगीलगायतका युवाहरुको समूह नेकपा एमालेमा प्रवेश गरेको छ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा उनीहरुलाई टिका लगाएर स्वागत गरे ।

पार्टी सचिव प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङसमेतको उपस्थितीमा युवा संघका केन्द्रीय सदस्य उज्वल भण्डारी, राजकुमार खड्का, श्रीबहादुर योगी, राजकुमार पन्त र काठमाडौं जिल्ला अध्यक्ष रवीन्द्र दाहालगायतका युवा एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रमा महासचिव पोखरेलले राष्ट्रियताको पहरेदार एमाले भएका कारण पनि युवाहरुको आकर्षण एमालेप्रति बढ्दै गएको बताए । उनले एमालेलाई चौतर्फी रुपमा घेराबन्दी भएतापनि जनताको विश्वास झन बढ्दै गएको उल्लेख गरे ।

एमाले प्रवेश गर्ने युवाहरुको तर्फबाट संघका महासचिव योगीले राष्ट्रियताको आन्दोलनमा एमालेको अडानले आफूहरु एमालेप्रति आकर्षित रहेको बताउदै वामपन्थी आन्दोलनलाई एकताबद्ध बनाउनु अहिलेको अवश्यकता रहेकोमा जोड दिए ।