३० आश्विन २०८३, शुक्रबार

चालक अनुमतिपत्र र बिलबुक अब डिजिटलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Licenseकाठमाडौं, २३ असोज । सरकारले अब डिजिटल सवारी चालक अनुमतिपत्र लाइसेन्स र सवारीधनी परिचयपत्र बिलबुक वितरण गर्ने  भएको छ ।  मेसिनबाट पढ्न सक्ने लाइसेन्स र बिलबुक वितरण गर्न यातायत व्यवस्था विभागले अन्तिम तयारी थालेको छ ।

विदेशी अनुदान सहयोगमा सरकारले आगामी २८ मंसिरदेखि डिजिटल लाइसेन्स र विलबुक वितरण गर्न लागेको हो । यसका लागि अन्तर्राष्ट्रिय टेन्डरमार्फत गत वर्ष भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सलाई छानिएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।