८ मंसिर २०८३, मंगलबार

प्रचण्डलाई विप्लवको चेनावनी– कार्यकर्ता रिहाई नगरे प्रतिरोधमा उत्रिन्छौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपका पार्टीले पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई विना शर्त रिहाई नगरे प्रतिरोध सघर्षमा उत्रिने चेतावनी दिएको छ ।

स्थानीय चुनावको विपक्षमा रहेको नेकपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेपछि विप्लवले विज्ञप्ति मार्फत सरकारको विरोध गर्दै कडा संघर्ष गर्ने चेनावनी दिएका हुन् ।

पार्टी महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ता पक्राउ गरेको प्रति सरकारको कडा भत्र्सना गरेको छ ।

सरकारले देशका विभिन्न जिल्लाबाट गरि १५० जना कार्यकर्तालाई पक्राउ गरेको र कतिपयलाई बेपत्ता पनि पारेको आरोप विज्ञप्ति मार्फत जनाइएको छ । अहिले नेकपाले स्थानीय चुनावलाई असफल पार्न विभिन्न रणनीति अपनाइरहेको छ ।

हेर्नुहोस् विज्ञप्ति: