काठमाडौं, २३ असोज । बैदेशिक रोजगारीको लागि खाडी मुलुकमा रहेका नेपाली युवायुवतीहरु मेसिन रिडेवल पासपोर्ट एमाआरपी लिने काम युद्ध जिते बराबर नै हुने गरेको छ । आवेदन दिएको चार महिना सम्म पनि पासपोर्ट नपाएर दुख पाउनुपर्ने अवस्थामा उनीहरु छन् ।
दशै मनाउन तीन साता अघि स्वदेश फर्केका केही युवाले कान्तिपुरसँग एक साथ सुनाए हामीले एमाआरपी लियौ तर तीन महिनामा कुन तरिकाले पाइयो र कति दूख ब्यवधान खप्न पर्यो हामीलाई नै थाहा छ, काम छोडेर राहदानीको लागि पटक पटक दूतावास पुग्न पर्ने अवस्था रहेको आजको कान्तिपुर दैनिकले छापेको छ । अहिले त विभागको वेवसाइटमा राहदानी बनेको विवरण राखिदिएको हुन्छ तर दूतावासमा पुग्दा पाइदैन यस्तो कैयन समस्या छ, उनीहरुले बताए ।
चार जना मध्ये एक कतारमा लरी ड्राइभर, दुई दुवाई र एक कुवेतको होटलमा काम गर्ने उनीहरुले बताए । हामी ड्राइभरहरुलाई निकै ठूलो मार परेको छं । हरेक मुलुक प्रवेशसंगै प्रवेश छापु लगाउने हुनाले छ महिनामा नै राहदानीको पेज सकिने समस्या छ ।
जसले गर्दा एउटा एमआरपी लिएकै दिन अर्कोको लागि आवेदन दिने गरेका छौ, नवलपरासी घर बताउने लरि चालक हरि भुसालले भने । छाप लगाउने विषयमा खाडी मुलुकले पुर्नविचार गर्न सक्ने जानकारी दूतवासले दिए पनि अझै राहदानीमा नै छाप लगाउने गरेको उनले बताए ।















प्रतिक्रिया