– अनिल खत्री
गुल्मी, २४ वैशाख । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर ३ का सांसद गोकर्ण विष्टले सरकार सत्ता टिकाउन जे पनि गर्न पछि नहट्ने आरोप लगाएका छन् ।
गुल्मीको ईस्मा गाउँपालिकामा नेकपा एमालेले आयोजना गरेको विशाल चुनावी सभालाई सम्बोधन गर्दै सरकारले सत्ता टिकाउन जे गर्न पनि तयार भएकोले सिंगो देश र राजनीतिलाई दुर्गन्धित बनाउँदै लगेको बताए । सत्ता टिकाउन सरकारले जे पनि गरि रहेकोले देश र राष्ट्रहितको निम्ती एमाले सजक भएर उभिएको बताए ।
‘यो सरकारले प्रधानन्यायाधिस शुसिला कार्कीलाई महाअभियोग लगाएर स्वतन्त्र न्यायपालिकाको अधिकार माथी हस्तक्षेप गरेको छ,’ उनले भने– ‘तर सर्वोच्च अदालतले अहिले प्रधानन्यायाधिश कार्कीको पक्षमा जुन फैसला गरेको छ त्यसले पुनः स्वतन्त्र न्यायपालिकाको सम्मान भएको छ ।’
नेता विष्टले सरकारलाई चुनौती दिदै भने– ‘महाअभियोग प्रस्ताव कुनैै पनि हालतमा पास हुन नेकपा एमालेले दिनेछैन यसर्थ यो सरकारले महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिएर न्यायालयको सम्मान गरोस् ।’
अझै पनि देशमा चुनाव हुन नदिन अनेकौ जालझेल र एमालेप्रति घेराबन्दी भएकाले देशको स्वाभिमान र राष्ट्रियताका पक्षमा एमालेलाई सहयोग गर्न बिष्टले आग्रह गरे ।
नेकपा एमालेले पार्टी भन्दा माथी देश र जनतालाई ठानेका कारण सवै नेपालीको साथ र सहयोग उत्साहका साथ अगाडी बढेको बताए । नेता बिष्टले जनतामा आएको एमाले मोहप्रति केहि पार्टीले अत्तालिएर मोर्चाबन्दी गरेको आरोप लगाए । ‘देशको राष्ट्रिय स्वाधिनताका पक्षमा एमालेले धेरै जोखिम मोलेको छ,’ बिष्टले भने,‘ त्यसैले कांग्रेस माओवादी केन्द्र सहितका केहि पार्टीले एमाले बिरुद्धमा मोर्चाबन्दी गरिरहेका छन् ।’ उनले भने,‘ मुलुकमाथि भैरहेको षड्यन्त्रका विरुद्ध एमाले लागिरहेको छ ।’












प्रतिक्रिया