
काठमाडौं, २४ बैशाख । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित वन मन्त्री शंकर भण्डारी चुनावी प्रचारमा सामेल भएका छन् । उनी नेपाली कांग्रेस तनहुँको चुनाव प्रचारमा सहभागी भएका छन् ।
नेपाली कांग्रेस तनहुँले शनिबार भानुमा आयोजना गरेको चुनावी सभामा निर्वाचन आचारसंहिता विपरित सहभागी हुँदै भण्डारीले भाषण ठोक्दै कांग्रेसलाई भोट मागे ।
वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचन अन्तरगत भानुमा मन्त्री भण्डारीले कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारसँगै बसेर भोट समेत मागेका छन् ।
निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद–३ अन्तर्गत नेपाल सरकार, स्थानीय तह तथा सार्वजनिक संस्थाले पालना गर्नुपर्ने आचरणको प्रचारप्रसारमा सहभागी हुन नहुने बुँदामा ‘नेपाल सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।











प्रतिक्रिया