काठमाडौं, २४ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्था र दलहरूको सम्बन्धका विषयमा छलफल गर्न संघीय गठबन्धनको बैठक बस्दै छ ।
काठमाडौंको बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा गठबन्धनका बैठक बस्नेछ ।
राष्ट्रिय जनता पार्टी नेपालका नेता केशव झाले संघीय गठबन्धनको भावी कार्ययोजना, आन्दोलन र सरकारसँग भएको सहमति कार्यान्वयन लगायतका विषयमा समीक्षा गर्न गठबन्धनको बैठक बस्न लागेको बताए ।
संघीय गठबन्धनले शनिबार उपेन्द्र यादवलाई संयोजक पदबाट हटाए लगत्तै आज गठबन्धनको बैठक बस्न लागेको हो ।
यादवलाई संयोजक पदबाट हटाएर राजपा नेपालका अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरलाई संयोजक तोकिएको थियो ।











प्रतिक्रिया