८ मंसिर २०८३, मंगलबार

अरुले ९ बर्षमा गर्न नसक्ने काम मैले ९ महिनामा गरेर देखाइदिएः ओली

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सधै मृगौला पिडितहरुको साथमा रहने बताउनु भएको छ ।

राजधानीमा आयोजीत राष्ट्रिय मिगौला पिडित संघको स्मारिका बिमोचन कार्यक्रमलाई सम्बोधन गदै ओलीले सबै जनताले निःशुल्क रुपमा स्वास्थ्य सेवा पाउने अधिकार भएको बताउनु भयो । ओलीले आफ्नो सरकारको पालामा मृगौला पिडित बिरामीको लागी निःशुल्क डायलाईसिस सेवासुरु गरेको स्मरण गदै नेपाली जनताको स्वास्थ्य उपचारको लागी आफु लडिरहने बताउनु भयो । मृगौला प्रत्यारोपण गर्दा केहीकानुनी अफ्ठ्यारो रहेको आफुलाई पनि थाहा भएको बताउदै कानुनी झन्झटलाई संसोधनगर्न आफूले पहलगर्ने बताउँनुभयो ।

स्वास्थ्य सम्बन्धी सवै सेवाहरु निःशुल्क गर्ने योजना भएपनि प्रयाप्त समय सरकारको नेतृत्व गर्न नपाएको भन्दै छोटो समयमा अरुले ९ बर्षमा काम गर्न नसक्ने काम आफूले ९ महिनामा गरेर देखाएको दावी गर्नुभयो । नेपाललाई गरिबि बाट मुक्ति र नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउने सपना रहेको भन्दै त्यसको लागी आफु लागिरहेको बताउनु भयो ।

पूर्वउद्योग राज्यमन्त्री एवम् मधेश समता पार्टीका अध्यक्ष मेघराज नेपाली निषाद्ले आफु मिगौला पिडित भएको बताउदै आफुले सबै मिगौला रोगीको लागी निःशुल्क गर्ने आफ्नो शरीरम ालाएको पाईप बोकेर प्रधानमन्त्री कार्यालय धाएको स्मरण गर्नुभयो । अब सबै जनताको लागी निःशुल्क स्वास्थ्य सेवादिन सरकारलाई आग्रह समेत गर्नुभयो ।

राष्ट्रिय मिगौला पीडित संघका अध्यक्ष समीरकुमार पोखरेलले आफ्नो स्वर्गीय बुबाको सपना पुरा गर्न मृगौला पीडितहरुको स्वास्थ्य अधिकारमा लड्दै आएको बताउदैअहिले मिगौला डायलाइसिस, प्रत्यारोपण निःशुल्क गर्न यस संस्थाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । मिगौला पिडितहरुले एक थोपापानी नखाई बालुबाटार प्रधान्मन्त्री निवास, सिहदरबारका गेटमा बिरामीहरुले गरेको आन्दोलन र खबरदारीले अहिले बिरामीहरुले ठुलो राहात पाएको बताउनुभयो ।