काठमाडौं, २३ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीशलाई कारवाही गर्छु भन्ने सोच त्याग्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा एमाले अध्यक्ष ओलीले प्रधानन्यायाधीश विरुद्धको महाअभियोग फिर्ता लिन आग्रह गर्दै सुशीला कार्कीलाई ‘न्याय’ दिने न्यायाधीश चोलेन्द्र समशेर जबरालाई कारवाही गर्ने गल्ती नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिए ।
एमाले महासचिव ईश्वर पोखरेलका अनुसार सल्लाहकारको गलत सल्लाहमा नफस्न ओलीले प्रचण्डलाई सचेत समेत गराएका थिए ।
सत्तारुढ दलहरुबाटै संविधानको धारा १०३ अनुसार न्यायाधीशलाई कारबाही गर्ने चर्चा आएको भन्दै ओलीले प्रचण्डलाई त्यतातिर जाने गल्ती नगर्न चेतावनी दिँदै नभए फस्दै जाने भनी सचेत गराएका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू सबैसँग छलफलमा रहेको बताएका थिए ।
















प्रतिक्रिया