काठमाडौं, २३ वैशाख । नेकपा (एमाले) का काठमाडौं महानगरपालिका वडा २६ का उम्मेदवार देवेन्द्र रिमालको चुनावी अभियानमा महानायक राजेश हमाल पनि देखिएका छन् ।
२६ नम्बर वडाको मतदाता समेत रहेका महानायक हमला आज बिहान एमालेका उम्मेदवार रिमालको घरदैलो कार्यक्रममा सँगसँगै देखिएका हुन् ।
हमालले आफ्नो वडामा भएको घरदैलो कार्यक्रममा एमाले उम्मेदवारलाई साथ दिँदै केहीबेर घरदैला अभियानमा सहभागी भएको र सबै टोलबासीलाई हात हल्लाई अभिवादन गरी भोट मागेको जस्तो देखिएको थियो ।
हालसम्म कुनै पार्टीमा आबद्ध नभएका हमाल एमालेको चुनावी अभियानमा पार्टी मनपराएर हो वा वडा उम्मेदवार रिमाल आफन्त भएर सहभागी भएको हो भन्ने स्पष्ट हुन सकेको छ्रैन् ।
राष्ट्रकवि घिमिरेको आर्शिवाद
यसैबीच एमालेका उम्मेदवार रिमाललाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले जितका लागि आर्शिवाद दिएका छन् । रिमालले घिमिरेको घरमै पुगेर आशिर्वाद मागेका थिए । रिमाललाई ‘राम्रो गर्नु, मेरो आशीर्वाद छ, भोट पक्का’ भन्दै राष्ट्रकविले हौसला प्रदान गरेको उम्मेदवार रिमालले बताए ।

















प्रतिक्रिया