१ कार्तिक २०८३, आइतबार

रेणु दाहालको मामाको घरमा पेट्रोल बम, गाडीमा तोडफोड

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २३ वैशाख । भरतपुर महानगरपालिका–१० स्थित स्याउलीबजारमा आज बिहान पेट्रोल बम भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाको अनुसार स्याउलीबजारस्थित हेमराज पौडेलका घरबाट दुई सय मि अगाडि खाली चौरमा बम भेटिएको हो ।

बम प्रहरीले निष्क्रिय गरेको थापाले जानकारी दिनुभयो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का तर्फबाट महानगरपालिका प्रमुखको उम्मेदवार रहनु भएकी रेणु दाहालको मामा पौडेलको घरमा रोकिराखिएको बा ११ च ९०३० नंको गाडीसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

यस्तै निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले अहिलेसम्म नेपाल कम्युनिस्ट पार्टीका १३ कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये नौ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । रासस