८ मंसिर २०८३, मंगलबार

भ्रष्टाचार गर्नु छैन, अस्पताल, कलेज चलाउनु छैन : गगन थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । नेपाली कांग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्थानीय तहको अहिलेको संरचना पहिलाको जस्तो परम्परागत नरहेको बताएका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा कांग्रेस उम्मेदवारहरूका लागि शनिबार भोट माग्न आयोजित कार्यक्रममा मन्त्री थापाले भने, ‘कांग्रेस जनताको पार्टी हो । जनताको पक्षमा काम गर्छ । कांग्रेसले उठाएका उम्मेदवार तपाई हामीले नै चिनेजानेका छन् ।’ उनले गाउँ, टोल र शहरको विकासका लागि अहिलेको स्थानीय तहले ठूलो भूमिका खेल्ने बताए ।

अहिलेको स्थानीय तहको संरचना केन्द्रको भर परेर विकास निर्माण कुर्नुपर्ने प्रवृत्तिको अन्त्य हुने मन्त्री थापाले बताए । उनले भने, ‘अब हामी केन्द्रको भर परेर विकास निर्माण कुर्नु पर्दैन । तपाई हामी आफैले आफ्नो विकास गर्ने हो ।’

स्थानीय तहको निर्वाचनमा कांग्रेसको मुख्य प्रतिस्पर्धी दल एमाले हुन सक्ने बताएका उनले भने, ‘कांग्रेसको मुख्य प्रतिस्पर्धी दलसँग कुनै रिसराग राख्नु पर्ने आवश्यक्ता छैन । हामीलाई भ्रष्टाचार गर्नु छैन । व्यक्तिगत रुपमा अस्पताल, क्लव, स्कुल, कलेज चलाउनु छैन । कांग्रेसले जनताको पक्षमा काम गर्ने हो । युवाहरूलाई परिचालन गरेर विकास गर्ने हो ।’