८ मंसिर २०८३, मंगलबार

यस्तो आयो कांग्रेस–माओवादी केन्द्रको निर्णय, सर्वोच्चको फैसला खारेजी प्रक्रिया थाल्ने

50.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अघि नबढाउने सर्वाेच्च अदालतको फैसलालाई ‘हस्तक्षेप’ भनेको छ ।

फैसलालगत्तै प्रधानमन्त्री कार्यालयमा बसेको माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको बैठकले व्यवस्थापिका संसदको विशेषाधिकारमा सर्वोच्च अदालतले हस्तक्षेप गरेको निष्कर्ष निकालेको एक नेताले बताए ।

साथै बैठकमा सर्वाेच्चले दिएको अन्तरिम आदेश खारेजीको लागि प्रक्रिया थाल्ने निर्णय समेत गरेको छ ।

शुक्रबार अपराह्न न्यायाधीश चोलेन्द्र समशेर जबराको एकल इजलासले महाअभियोग फिर्ता र प्रधानन्यायाधीश सुशीला कार्कीलाई काम फर्काउन अन्तरिम आदेश जारी गरेको थियो । त्यसलगत्तै कांग्रेस माओवादीको बैठक बसेको थियो ।

आईजीपी नियुक्ति लगायत कार्यपालिकाको निर्णयमा हस्तक्षेप गरेको भन्दै कांग्रेस माओवादीले वैशाख १७ गते कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता गरेका थिए । महाअभियोग लागेपछि कार्की स्वतः निलम्बनमा परेकी थिइन् ।