काठमाडौं, २२ असोज । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलालाई सभासद् बनाउन प्रस्ताव गरेका छन् ।
रिपोर्टर्स क्लवमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा कर्णले सहमतिको राजनीतिलाई बढाव दिन निरन्तर सक्रिय रहेको भन्दै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष धमलालाई संविधान सभामा लैजानुपर्ने बताएका हुन् ।
काँग्रेस–एमालेले पनि धमलालाई संसदमा ल्याउनका लागि पहल गर्नुपर्ने कर्णको धारणा छ । उनले भने–‘‘हामी त उहाँलाई ल्याउन तयार छौं, अब काँग्रेस–एमालेले पनि उहाँलाई ल्याउन पहल गर्नुपर्यो ।’’
















प्रतिक्रिया