काठमाडौं, २२ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याइएपछि संयुक्त राष्ट्रसंघले यो कदमको आलोचना गरेको छ ।
राष्ट्रसंघको मानव अधिकार आयोगका प्रमुख जेद राद अल हुसैनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रधानन्याधीशविरुद्धको महाअभियोग राजनीतिक पूर्वाग्रहका आधारमा आएकोमा आलोचना गर्दै यसले नेपालको न्यायपालिकाको स्वतन्त्रतामा बाधा पुग्ने चेतावनी दिएका छन् ।
उनले भनेका छन्- ‘म नेपालका अधिकारीहरुलाई न्यायलयको स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्छु र राजनीतिक पूर्वाग्रहका आधारमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव लिन अनुरोध गर्छु ।’
विज्ञप्तिमा प्रधानन्यायाधीश सुशीला कार्कीले केही राजनीतिकरुपमा संवेदनशील मुद्दालाई फस्र्यौट गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै त्यसैका आधारमा उनलाई हटाउन खोजिएको दाबी समेत गरिएको छ । ‘प्रधानन्यायाधीशलाई हटाउने कदमले संक्रमणकालीन न्याय र विधिको शासनप्रति सरकारको प्रतिबद्धताप्रति शंका उत्पन्न गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।











प्रतिक्रिया