काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वाेच्च अदालतको फैसलामा खरो टिप्पणी गरेका छन् ।
शुक्रबार अपराह्न संसदमा दर्ता भएको प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग अघि नबढाउन सर्बोच्चले दिएको अन्तरिम आदेश परिवर्तन नचाहनेहरुलाई बल पुग्ने गरी आएको उनको तर्क छ ।
फैसलालगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको पछिल्लो आदेश परिवर्तन नचाहने शक्तिहरुले न्यायपालिकाको दुरुपयोग गर्न खोजेको आरोप लगाए । उनले भने– ‘यसबारे औपचारिक जानकारी भएपछि तत्कालै अर्काे निर्णय लिन्छौं ।’
















प्रतिक्रिया