१ कार्तिक २०८३, आइतबार

‘सर्वोच्चको निर्णयले सरकार नैतिक संकटमा, कांग्रेस-माओवादीलाई नराम्रो झापड’

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग अघि नबढाउने सर्वाेच्च अदालतको आदेशले पुष्पकमल दाहाल नेतृत्वको सरकार नैतिक संकटमा परेको टिप्पणी गरेका छन् ।

शुक्रबार अपराह्न न्यायाधीश चोलेन्द्र जबराको फैसलालगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै सचिव भट्टराईले सर्वोच्चको यो निर्णयले सत्तारुढ दलहरुलाई नराम्रो झापड हानेको बताए ।

‘अब सर्बोच्चको निर्णयपछि प्रधानमन्त्री प्रचण्डले सोच्नुपर्छ कि पदमा बसी रहने की नरहने ? यो गम्भिर प्रश्न प्रधानमन्त्रीमाथि उब्जिएको छ,’ उनले भने– ‘साथै प्रधानन्यायाधीश कार्की सर्बोच्च अदालतमा फर्किेने आदेशले यो सत्ता गठबन्दनको असफलता र पराजय शुरु भएको संकेत गरेको छ । साथै सत्तागठबन्धनको निर्लज्जतालाई समेत प्रकट गरेको छ ।’