८ मंसिर २०८३, मंगलबार

सर्वोच्चले सुशीला कार्कीलाई न्याय दिएपछि ओलीले के भने ?

22.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्काउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई स्वागत गरेका छन् ।

‘न्यायालयमाथि गर्न खोजिएको हस्तक्षेपमा ब्रेक लाग्यो, यसलाई म स्वागत गर्छु ।’ शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने- ‘महाअभियोग फिर्ता लिन काँग्रेस र माओवादीका नेताहरुसँग अझै पनि माग गर्छु ।’

ओलीले थपे- ‘वैशाख १९ गतेको को मुद्दा रोक्ने उद्देश्यले उहाँमाथि महाभियोग लगाइएको थियो, मलाई लाग्छ सत्तापक्षको उद्देश्य पनि पूरा भयो होला अब फिर्ता लिनुस्।’

पत्रकार सम्मेलनमा बोल्दाबोल्दै ओलीले अन्तिरम आदेशबारे जानकारी पाएका थिए । नेकपा एमालेले समसमायिक विषयमा जानकारी दिन पत्रकार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

एमाले अध्यक्ष ओलीले न्यायालयलाई खुट्टामुनि दबाउन खोजे पनि सर्वोच्चको फैसलाले आंशिक रुपमा भए पनि न्याय प्राप्त भएको बताए।