काठमाडौं, २२ वैशाख । सर्वाेच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाईएको महाभियोगको प्रस्ताव अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।
सर्वाेच्च अदालतको इतिहासमा न्यायाधीशले आफ्नै प्रमुखलाई न्याय दिएको सम्भवतः यो पहिलोपटक हो । महाअभियोगविरुद्ध चौतर्फी विरोध भइरहेका बेला न्यायाधीश चोलेन्द्रले हिम्मत गरेर विधिसम्मत फैसला गरेका हुन् ।
दुई दिन लामो बहसपछि शुक्रबार न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले महाभियोगको प्रस्ताव अघि नबढाउन आदेश दिएको हो । सर्वाेच्च अदालतको इतिहासमा न्यायाधीशले आफ्नै प्रमुखलाई न्याय दिएको सम्भवतः यो पहिलोपटक हो । महाअभियोगविरुद्ध चौतर्फी विरोध भइरहेका बेला न्यायाधीश चोलेन्द्रले हिम्मत गरेर विधिसम्मत फैसला गरेका हुन् ।
‘सम्माननीय प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव नेपालको संविधान मर्म र भावना विपरित देखिएले यो निवेदन टुंगो नलागेसम्म यथास्थितीमा राख्न आदेश जारी गरिन्छ,’ न्यायाधीश चोलेन्द्र जबराद्धारा हस्ताक्षरित फैसलापत्रमा भनिएको छ– ‘साथै सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्कीलाई यथावत रुपमा आजै आफ्नो पदमा गर्न दिनु दिलाउनु भनी विपक्षीहरुको नाउमा सर्वाेच्च अदालत २०४९ को नियम ४१(१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’
यस्तो छ पत्र:


















प्रतिक्रिया