१ कार्तिक २०८३, आइतबार

एमालेका पचासौं सांसदको नाराबाजीले स्थगित संसद् बैठकमा देखियो अनौठो दृश्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विपक्षी दलहरुले अवरोध गरेपछि आजको व्यवस्थापिका–संसद्को दोस्रो बैठक स्थगित भएको छ ।

विपक्षीहरुले प्रस्तावक सांसद विश्वकर्मालाई रोस्टममा उक्लन लाग्दा घेराउ गरी त्यही रोकेका थिए । बैठक स्थगनको घोषणापछि घेराउ हाल्न गएका सांसद र विश्वकर्माले हात मिलाएको रमाइलो दृश्य पनि देखिएको थियो ।

बैठक प्रारम्भ हुनासाथ सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्तावका प्रस्तावक नेपाली काँग्रेसका मीनबहादुर विश्वकर्मालाई प्रस्ताव प्रस्तुत गर्न समय दिएलगत्तै विपक्षी सांसदहरु आफ्नो स्थानबाट उठी प्रस्ताव फिर्ताको माग गर्दै वेल घेराउ गर्न पुगेका थिए ।

विपक्षीले नाराबाजी जारी राखेपछि सभामुख घर्तीले ‘संसदीय मूल्य, मान्यता र प्रक्रियाका बारेमा तपाईंहरुले ज्ञान राख्नुभएकै छ, प्रक्रियाको पालना गरौँ’ भनी आग्रह गर्नुभयो । तथापि विपक्षीले अवरोध जारी राखेपछि बैठक यही वैशाख २४ गते दिउँसो १ः०० बजेसम्मका लागि स्थगित गरियो ।

विपक्षीहरुले प्रस्तावक सांसद विश्वकर्मालाई रोस्टममा उक्लन लाग्दा घेराउ गरी त्यही रोकेका थिए । बैठक स्थगनको घोषणापछि घेराउ हाल्न गएका सांसद र विश्वकर्माले हात मिलाएको रमाइलो दृश्य पनि देखिएको थियो । रासस