
काठमाडौं, २२ बैशाख । अहिले राजधानी काठमाडौंमा गरिएको ‘नो हर्न’ को व्यवस्था प्रभावकारी भएपछि अब यो व्यवस्था देशमा अन्य शहरमा पनि लागू गर्ने तयारी गरिएको छ ।
यो व्यवस्था उपत्यका बाहिरका शहर राजमार्गमा लागू गर्ने तयारी भएको यातायात ब्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जनाकारी दिए ।
उनले अब स्थानीय निकाय ट्राफिकसँग समन्वय गरेर मोफसलमा पनि यो ब्यवस्था लागू गरिने तयारी भइरहेको बताए । अहिले उपत्यकाभित्र आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न बजाउन निषेध गरिएको छ ।
ट्राफिक प्रहरीले हर्न बजाउने विरुद्धको कारवाही जारी राखिएको बताएको छ । अहिले दैनिक सयभन्दा बढी सवारी अनावश्यक हर्न बजाएका कारण कारवाहीमा पर्ने गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ । जबकी नयाँ नियम लागू भएको सुरुवाती दिनमा यो संख्या ४ सयसम्म थियो ।
सार्वजनिक, सरकारी, पर्यटकबाहक र निजी सवारीले भने दुई अवस्थामा मात्रै हर्न बजाउन पाउने ब्यवस्था गरिएको छ । गम्भिर दुर्घटना हुने खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोडरचोक आएमा मात्रै हर्न बजाउन दिइएको ट्राफिक प्रहरीले बताएको छ ।











प्रतिक्रिया