१ कार्तिक २०८३, आइतबार

रञ्जु न्यौपाने उर्फ ‘दर्शना’, गालीगलौजको पर्यावाची

15.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । विवेकशील पार्टीबाट काठमाडौं महानरपालिका मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी चितवन निवासी रञ्जु न्यौपाने उर्फ ‘दर्शना’ले ठूला राजनीतिक दलहरूका शीर्ष नेताहरूको मानमर्दन गरेर सामाजिक सञ्जालमा छाइरहेकी छिन् ।

कुनै बेला रञ्जु न्यौपाने आफैले अध्ययन गरेको कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा जमानत जफत गराउन पुगेकी थिइन् । सानो उमेरमा राजनीतिमा होमिएका कारण सामाजिक सञ्जालहरूमा उनको चर्चा छाएको हो ।

रञ्जु न्यौपानेले पढेलेखेको र बौद्धिक व्यक्ति भएको तथा केही नयाँपना आउँछ कि भनेर धेरैले अपेक्षा गरेका थिए । तर, उनी पनि तल्लोस्तरको गालीगलौजमा उत्रिएपछि उनीबाट काठमाडौं महानगरपालिकाका मतदाताले के सिक्ने हुन् प्रश्न उब्जिएको छ ।

सामाजिक सञ्जालहरूमा आफ्नो वाहा–वाही हुन थालेपछि रञ्जु न्यौपाने यति धेरै हौसिइन् कि प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई तल्लो तहको गालीबेइज्जती गरेर आलोचना खेप्न पुगेकी छिन् ।

राजधानीमा भएको एउटा सार्वजनिक कार्यक्रममा रञ्जु न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘फस्स कमल’ भनेर होच्याएकी छिन् । उनले यसो भनिरहँदा आफू पनि त्यही राजनीतिमा होमिएको भने भुल्न पुगेकी छिन् ।

रञ्जु न्यौपानेले कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘स्यालबहादुर’ भनेर टिप्पणी गरेकी छिन् । रञ्जुले अरु थु्रपै दलका नेताहरूलाई यस्तै प्रकारको गाली गरेकी छिन् ।

राजनीतिमा स्वस्थ्य आलोचना गर्न पाइन्छ । तर व्यक्तिगत टिकाटिप्पणी र गालीगलौज गर्न पाइँदैन भन्ने कुरा रञ्जु न्यौपानेलाई कसले सिकाइ दिने हो ?

कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले रञ्जु न्यौपानेको यो अभिव्यक्तको आलोचना त गरेकै छन्, सामाजिक सञ्जालहरूमा पनि रञ्जु न्यौपानेले ‘केटाकेटीपन’ देखाएको भन्दै टिप्पणी हुन थालेको छ ।

कहाँबाट सञ्चालित छिन् रञ्जु न्यौपाने उर्फ ‘दर्शना’ ?

नेपाली राजनीतिलाई विशेष गरेर शीर्ष नेताहरूको व्यक्तिगत तेजोबद्ध गर्न विवेकशील पार्टी लागेको आरोप छ । विवेकशील पार्टीलाई पश्चिमा राष्ट्रहरूले फण्डिङ गरेको आरोप छ । पुष्टि हुने आधारहरू नभए पनि पश्चिमा राष्ट्रका मुद्दाहरूलाई फाइदा हुने गरेर रञ्जु न्यौपाने उर्फ ‘दर्शना’ र उनको टिमले क्रियाकलाप गर्दै आएको आरोपहरू लाग्न थालेको छ ।

सामाजिक सञ्जालहरूमा आफ्ना प्रचार–प्रसार सामाग्रीहरूलाई स्पोन्सर गरेर भाइरल बनाइरहेको विवेकशील पार्टीका अपारदर्शी गतिविधिप्रति प्रश्नहरू उठ्न थालेका छन् ।