८ मंसिर २०८३, मंगलबार

एमाले संसदीय दलले गर्यो तीन महत्वपूर्ण निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ ।

सांसद रेवतीरमण भण्डारीकाअनुसार बैठकले संविधान संशोधन विधेयक छिटो प्रक्रियामा लैजानुपर्ने नभए फिर्ता लिनुपर्ने निर्णय गरेको छ ।

त्यस्तै, स्थानीय तहको निर्वाचन जेठ १५ भन्दा पछाडि मान्य नहुने र बजेट जेठको १५ गते नै ल्याउनुपर्ने निर्णय सरकारलाई सुनाएको छ ।

त्यसैगरी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।