८ मंसिर २०८३, मंगलबार

एमालेका कारण आजपनि रोकियो संविधान संशोधन विधेयक, संसद बैठक स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । व्यवस्थापिका संसदको आजको बैठक स्थगित भएको छ ।

प्रधानन्यायाधीशमाथिको महाअभियोगमा असन्तुष्टि जनाउँदै फिर्ता नलिएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्षी नेकपा एमालेको अडानपछि दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

संसद सचिवालयले अर्काे बैठक भोलि विहान १० बजेपछि बस्ने जनाएको छ ।

संविधान संशोधन विधेयक प्रभावित

एमालेका कारण ससद स्थगित भएपछि आजको बैठकमा अगाडि बढाउने भनिएको संविधान संशोधन विधेयक अलपत्र परेको छ ।

यसअघि कार्यसूचीमा मधेसवादी दलका माग पुरा गर्न संसदमा प्रस्तुत विधेयकलाई आजको बैठकबाट छलफलमा लैजाने तयारी थियो ।