स्याङजा, २१ वैशाख । स्थानीय तहको निर्वाचनको माहोल तातिरहेको बेला नेकपा एमाले स्याङजाले विजयको सुरुवात गरेको छ । स्याङजाको कालिगण्डकी गाउँपालिकामा नेकपा (एमाले)को तर्फबाट दलित महिला सदस्यमा उमेदवार बन्नुभएकी कल्पना दमै निर्विरोध निर्वाचित हुनुभएको छ ।
कालिगण्डकी गाउँ पालिकाको वडा.न. ७ बाट उमेदवारी दिनुभएकी दमै अन्य दलित महिलाको उमेदवारी नपरेपछी उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।
यसअघि एमालेले काभ्रे, सिन्धुपाल्चोक र डोल्पामा विजयी सुरुवात गरिसकेको छ ।












प्रतिक्रिया