८ मंसिर २०८३, मंगलबार

कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै, विशेष रणनीति बनाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । स्थानीय तहको निर्वाचन तयारी र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दैछ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा अहिले केही समयपछि सुरु हुने बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल केन्द्रित हुने कांग्रेस उच्च स्रोतले जनाएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउन कांग्रेसले विशेष योजना बनाउने बुझिएको छ ।

बैठकमा विपक्षी दल एमालेले महाअभियोगलाई लिएर गरेको विरोध र अन्य विविध विषयमा पनि छलफल हुनेछ ।