८ मंसिर २०८३, मंगलबार

‘लल्याक-लुलुक’ भए निधि, दाहाल–देउवा–निधिको गोप्य वार्ता, राजीनामा फिर्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ., २१ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोगपछि पदबाट राजीनामा दिएर हिँडेका विमलेन्द्र निधिले उपप्रधान एवम् गृह मन्त्रालयको जिम्मेवारी पुनः सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिबीच बालुवाटारमा बिहीबार बिहान एक घण्टाभन्दा बढी समय भएको गोप्य वार्तामा निधिले गृहमन्त्रालय फिर्ता भएर जिम्मेवारी सम्हाल्ने सहमति भएको हो ।

स्रोतका अनुसार निधिले अब सभापति देउवा र प्रधानमन्त्री दाहालको इच्छाअनुसारको काम गर्ने छन् । उनले स्थानीय तहको निर्वाचन सफलताका साथ सम्पन्न गर्न सुरक्षा निकायलाई परिचालन गर्ने जनाइएको छ ।

यसअघि बुधबार राति देउवा र निधिबीच वार्ता भएको थियो । वार्तामा देउवाले निधिलाई झर्पादै गृहमन्त्रालयको जिम्मेवारी पुनः सम्हाल्न दवाव दिएका थिए । देउवाले गाली गरेपछि निधि लुरुक्क परेर बुढानिलकण्ठबाट निस्किएको स्रोतको भनाइ छ ।