१ कार्तिक २०८३, आइतबार

नेपाली पाठशाला भर्जिनियाको दोस्रो वार्षिकोत्सव

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

भर्जिनिया । नेपाली पाठशाला अफ भर्जिनियाको दोस्रो वर्षिकोत्साव कार्यक्रम सम्पन्न भएको छ ।

उद्घोषक पेम्याङ्ग तामांगर जेनिसा शर्माद्वारा संचालित कार्यक्रममा प्रधानाध्यापक बिष्णुप्रसाद खरेलले स्वागत मन्तब्य दिएका थिए । पल्लवी राई रिमालले पाठशालाको बारेमा र बिना खड्का लामाले धन्यवाद ज्ञापन गरेका थिए ।

शेरोन बुलोवाले काउन्टी सरकारको तर्फ़बाट र रोबेर्ट फैथ्फुलले चर्चको तर्फ़बाट पाठशालाको सराहना साथै प्रगतिको कामना गरे ।

नेपाली पाठशाला, भर्जिनियाको सेन्टर भिल भन्ने ठाउँमा अबस्थित छ । पाठशालामा ५० जना बिद्यार्थीले प्रत्येक शनिबार बिहान ११ बजेदेखि १ बजे सम्म नेपाली भाषा, कला, संस्कृति र साहित्यको अध्यन गर्दछन् ।

कक्षा संचालन स्वोयम सेवकहरूबाट निःशुल्क रुपमा हुँदै आएको छ । नेपाली र अमेरिकाको राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा करिब २०० पाहुनाको उपस्थित थियो ।