काठमाडौं, २१ वैशाख । काठमाडौंको नगार्जुन नगरपालिका वडा नम्बर ७ का नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट वडाध्यक्षका उम्मेद्वार मदन गिरी अपहरणमा परेका छन् ।
गिरीलाई अपरिचित समूहले बुधबार साँझ अपहरण गरेको हो । बुधबार साँझ सवा सात बजे गिरीलाई काठमाडौंको नयाँबजारबाट ४ जनाको समूहले अपहरण गरेको परिवारजनले जनाएका छन् ।
नयाँ शक्ति पार्टीले जित्ने सम्भावना बढी भएको ठाउँ भएकोले पहिलेदेखि नै नयाँ शक्तिका उम्मेद्वारहरूलाई डर, धम्की आइरहेको दाबी गरेको छ ।
वडाध्यक्षका उम्मेद्वार गिरीको खोजी कार्य भइरहेको र प्रहरीलाई खबर गरिएको जनाइएको छ ।











प्रतिक्रिया