काठमाडौं, २० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले बुधबार राजीनामा बुझाएका छन् । पार्टी अध्यक्ष एवं उपप्रधान तथा स्थानीय विकास मन्त्री रहेका कमल थापासहित राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामापत्र बुझाएका हुन् ।
सत्तारूढ कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्दा सल्लाह नगरेको भन्दै आपत्ति जनाएको राप्रपाले आइतबारै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।












प्रतिक्रिया