धादिङ, २२ असोज । धादिङमा आफ्नै छोराको छुरा प्रहारबाट बाबुको ज्यान गएको छ ।
भूमेस्थान गाविस ३, अमर्खूका ५० वर्षीय बाबु कृष्णबहादुर सुनारको ज्यान गएको हो । घरमा सुतिरहेका कृष्णलाई घरायसी विवादमा आफ्ना ३३ वर्षीय छोरा धुव्र सुनारले छुरा हानी सख्त घाइते बनाएकोमा उपचारका क्रममा काठमाडौँको स्टार अस्पतालमा मृत्यु छ ।
छोराले बाबु कृष्णबहादुरलाई छुरा हानेपछि आमा विन्दा र बहिनी बट्टईले पनि विष खाएका थिए । विष सेवन गर्ने आमा छोरी र घाइते कृष्णबहादुरलाई स्थानीयले उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याएका थिए । विष खाएका आमा छोरीको काठमाडौको वीर अस्पतालमा उपचार भइरहेको छ । हत्यारा ध्रुव वहादुरलाई भने धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ ।















प्रतिक्रिया