८ मंसिर २०८३, मंगलबार

पार्टीविरुद्ध स्वतन्त्र उम्मेदवार खडा गरेको भन्दै माओवादी सांसद कारवाहीमा !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । स्थानीय तह निर्वाचनमा पार्टीविरुद्ध स्वतन्त्र उम्मेदवार खडा गरेको भन्दै सत्तारुढ माओवादी केन्द्रका सांसद एवं ललितपुर जिल्ला सचिवालय सदस्य योगेन्द्र घिसिङ कारवाहीमा परेका छन् ।

उनलाई पार्टीको लाइनविपरित काम गरेको भन्दै ललितपुर जिल्ला कमिटीले बुधबार कारबाही गरेको हो ।

पार्टीको लाइनविपरित घिसिङले ललितपुरका विभिन्न गाउँपालिकामा स्वतन्त्र उम्मेद्वार खडा गरेको ललितपुर माओवादीको छ ।

जिल्ला इन्चार्ज हरि दाहालले पार्टीलाई घात गर्ने घिसिङलाई पार्टीको कुनै तह र भूमिकामा नरहने गरी अनिश्चतकालको लागि कारबाही गर्ने निर्णय गरिएको जानकारी दिए ।

मंगलबार स्थानीय तह निर्वाचनको लागि भएको उम्मेदवारी दर्ताका क्रममा उनले आफू निकटकाले टिकट नपाएपछि स्वतन्त्र प्यानलबाट ललितपुरका विभिन्न गाउँपालिकामा उम्मेदवार खडा गरेको ललितपुर माओवादीको आरोप छ ।