काठमाडौं, २० वैशाख । अमेरिकाले गत वर्ष खोलेको इडिभी चिठ्ठाको नतिजा मंगलबार राति सार्वजनिक गरेको छ ।
सन् २०१८ को इडीभी नतिजा मंगलबार राति ९ः४५ बजे सार्वजनिक भएको हो । डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर हान्नु अनिवार्य मानिएको छ ।
डिभी परेको वा नपरेको भन्नेबारे इमेल अथवा अन्य माध्यमद्वारा जानकारी भने प्राप्त हुँदैन । गत वर्ष ४ अक्टोबर देखि ७ नोभेम्बरसम्म डिभीका लागि आवेदन खुल्ला भएको गरिएको थियो ।
अमेरिकाको ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटले डिभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार पौने १० बजे सार्वजनिक गरे पनि अमेरिकाको इडिटी समयअनुसार यो नतिजा मंगलबार मध्यान्हपछि सार्बजनिक हुन्छ ।
डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ ।
नेपालमा सोमबारदेखि शुक्रबारसम्म (बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म) सो केन्द्रमा फोन नं. १–८००–०९१–०११४ मार्फत सम्पर्क गर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।











प्रतिक्रिया