डोल्पा, २० वैशाख । डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिकामा नेकपा (एमाले)बाट प्रमुख, वडा अध्यक्ष र सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । शे–फोक्सुन्डो गाउँपालिकामा नौ वटा वडा छन् ।
गाउँपालिकाको प्रमुखमा टसी टुन्डुप गुरुङ निर्विरोध भएका हुन् । मंगलबार भएको मनोनयन दर्ताको दिन नै एमालेका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
गाउँपालिकाको उपप्रमुखमा भने तीन जनाको उम्मेदवारी परेको छ । उपल्लो डोल्पाका छार्का, ताङसोझ, डोल्पो बुद्ध, शे–फोक्सुन्डो गाउँपालिकामा एमाले बाहेक अन्य कुनै पनि दलले उम्मेदवारी दिएका छैनन् ।















प्रतिक्रिया