८ मंसिर २०८३, मंगलबार

यी हुन् एमालेका बागी उम्मेदवार

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, २० वैशाख । स्याङजा जिल्लामा मेयर पदका लागि एमालेका जिल्ला उपाध्यक्ष उदय श्रेष्ठले बागी उम्मेवदारी दर्ता गराएका छन् ।

श्रेष्ठले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालसँग मिलेर स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् । एमालेका जिल्ला उपाध्यक्ष श्रेष्ठले वालिङ नगरपालिकाबाट स्वतन्त्र रुपमा मेयर पदमा उमेदवारी दर्ता गराएका हुन् ।

एमालेमा ४५ वर्ष लामो राजनीति गरेको भन्दै श्रेष्ठले पार्टीले मूल्याङ्कन नगरेपछि बाध्य भएर बागी उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन् । उनले दुई दलसँग मिलेर स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएको बताए ।

उपाध्यक्ष श्रेष्ठले एमालेको सक्रिय राजनीतिबाट सन्यास लिएको बताएका छन् । उनले एमालेका आधिकारिक उम्मेदवारहरू पराजित हुने प्रतिक्रिया समेत दिएका छन् ।

कार्यकर्ताको मताधिकारलाई एमालेले बेवस्ता गरेर गुटबन्दीका आधारमा टिकट वितरण गरेको श्रेष्ठले एमाले नेतृत्वमाथि आरोप लगाए । स्याङजा जिल्लामा श्रेष्ठ एमालेका लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।

वालिङ नगरपालिकामा एमालेबाट मेयरमा सीमा क्षेत्रीको उम्मेदवारी परेको छ । उपमेयरमा महेश पुरीले उम्मेदवारी दिएका छन् ।