ललितपुर, २० वैशाख । चर्चित कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जनी घिमिरे (सुन्तली)की आमा स्थानीय तह निर्वाचनमा उपमेयरको उम्मेदवार बनेकी छन् ।
धुर्मुसकी सासु तथा सुन्तलीकी आमा सीता घिमिरे माओवादी केन्द्रका तर्फबाट ललितपुरको गोदावरी नगरपालिकाको उपमेयरमा उम्मेदवार बनेकी हुन् ।
सीता घिमिरेलाई धुर्मुस–सुन्तलीका कारण चुनावी फाइदा हुन सक्ने माओवादी केन्द्रको भनाइ छ । धुर्मुस–सुन्तली भने जापान भ्रमणमा छन् ।















प्रतिक्रिया