– रबिना बोहरा
बागलुङ, १९ बैशाख । यहि बैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि बागलुङमा विभिन्न राजनीतिक दलहरुले उमेदवारी दर्ता गराएका छन् । बागलुङको ४ नगरपालिका र ६ गाउँपालिकाको मेयर÷उपमेयर तथा अध्यक्ष÷उपाध्यक्षका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उमेदवारी दर्ता गरेको बताइएको छ । बागलुङमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आ–आफ्नै उमेदवार उठाएका छन् भने नेकपा एमाले, राप्रपा र जनमोर्चा बिच तालमेल गरी उमेदवारको छनौट गरेका छन् । यस्तै केही व्यक्तिहरुले स्वतन्त्र रुपमा उमेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट बागलुङ नगरपालिकाको मेयरमा बसन्तकुमार श्रेष्ठ, उपमेयरमा शकुन्ता शर्मा, गल्कोट नगरपालिकाको प्रमुखमा भरत शर्मा गैरे, उपप्रमुखमा रेणुका काउचा, जैमुनी नगरपालिकाको मेयरमा इन्द्रराज पौडेल, उपमेयरमा कौशिला विश्वकर्मा, ढोरपाटन नगरपालिकाको मेयरमा अर्जुन शेरचन र उपमेयरमा दिलमाया पौवीको मनोनयन दर्ता गरिएको छ । यस्तै काठेखोला गाउँपालिकाको प्रमुख होमबहादुर हमाल, उपप्रमुखमा ज्ञानु शर्मा श्रीष, बरेङ गाउँपालिकाको प्रमुखमा प्रदिप थापा मगर र उपप्रमुखमा बिष्णु बस्नेत क्षेत्री, ताराखोला गाउँपालिकाको प्रमुखमा डण्डपाणी कँडेल र उपप्रमुखमा चन्द्रकली थापा, बडिगाड गाउँपालिकाको प्रमुखमा गण्डकी थापा अधिकारी र उपप्रमुखमा अमर थापा श्रीष, निसिखोला गाउँपालिकाको प्रमुखमा तारानाथ पौडेल र उपप्रमुखमा सोभाकुमारी कार्की, तमानखोला गाउँपालिकाको प्रमुखमा जोकलाल बुढा र उपप्रमुखमा मनसरी शेरचनको उमेदवारी दर्ता गरिएको नेपाली काँग्रेसले जनाएको छ ।
यस्तै नेकपा एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका छन् । जस अन्तर्गत बागलुङ नगरपालिकाको मेयरमा एमालेका जनक पौडेल र उपमेयरमा राप्रपाका सुरेन्द्र खड्काको उमेदवारी दर्ता गरेको छ । गल्कोट नगरपालिकामा जनमोर्चाका टंक केसि र उपमेयरमा एमालेका रत्ना भण्डारीले मनोनयन दर्ता गराएका हुन । जैमुनी नगरपालिकाको मेयरमा जनमोर्चाका नरबहादुर पुन र उपमेयरमा एमालेका लिला रानाको मनोनयन दर्ता भएको बताइएको छ । ढोरपाटन नगरपालिकामा भने छुट्टा छुट्टै उमेदवारी दर्ता गरेका छन् ।
ढोरपाटन नगरपालिकाको मेयरमा एमालेबाट देबकुमार नेपाली र उपमेयरमा करमति घर्तिको उमेदवारी छ । नेकपा एमालेले काठेखोला गाउँपालिकाको अध्यक्षमा अमर थापा र उपाध्यक्षमा अञ्जु जिसी, बडिगाड गाउँपालिकाको अध्यक्षमा मेरसिंह पाईजा र उषा घिमिरेको मनोनयन दर्ता गरेको छ । यस्तै ताराखोला गाउँपालिकाको अध्यक्षमा जनमोर्चाकी पुर्णमाया चालिसे र उपाध्यक्षमा एमालेका सञ्जय श्रेष्ठले उमेदवारी दर्ता गराएका छन् । निसिखोला गाउँपालिकाको अध्यक्षमा जनमोर्चाका जुनविक्रम शाही र उपाध्यक्षमा एमालेका रुद्रा पौडेल एवं तमानखोला गाउँपालिकामा जनमोर्चा र माओवादी बिच तालमेल भएपछि अध्यक्षमा नेकपा एमालेले उदिम छन्त्यालको उमेदवारी दर्ता गराएको जनाएको छ ।
नेकपा माओवादी केन्द्रले बागलुङ नगरपालिकाको मेयरमा कुशुम बुढा, उपमेयरमा निर्मल श्रेष्ठ, गल्कोट नगरपालिकाको प्रमुखमा फमलाल न्युरे र उपप्रमुखमा ललिता थापा, ढोरपाटन नगरपालिकाको मेयरमा सेरमान घर्ति र उपमेयरमा विपस्ना मगर सुनार, जैमिनी नगरपालिकाको मेयरमा सोभाप्रसाद शर्मा र उपमेयरमा देवि शर्माको उमेदवारी दर्ता गरेको छ । यस्तै गरी काठेखोला गाउँपलिकाको अध्यक्षमा कृष्ण थापा र लक्ष्मी देवि रोका, ताराखोला गाउँपलिकाको अध्यक्षमा प्रकाश घर्ति र उपाध्यक्ष दिलकुमारी रोका, बडिगाड गाउँपालिकाको अध्यक्षमा राजिव घिमिरे र उपाध्यक्षमा सावित्री आचार्य, निसिखोला गाउँपालिकाको अध्यक्षमा प्रेम घर्ति र उपाध्यक्ष एसोधा रेग्मीको उमेदवारी दर्ता भएको छ । तमानखोला गाउँपािलकामा भने जनमोर्चा र माओवादी बिच एकता भएको छ । जसको अध्यक्षमा माओवादीका सुर्य सिर्पाली र उपाध्यक्षमा जनमोर्चाका डोरबहादुर क्षेत्रीको मनोनयन दर्ता भएको छ । यस्तै विभिन्न व्यक्तिहरुले मेयर तथा वडा अध्यक्षहरुमा स्वतन्त्र उमेदवारी दिएका छन् । बागलुङमा दर्ता भएका १४ दल मध्ये ९ दलले चुनाव चिन्ह प्राप्त गरेका छन् भने अन्यले स्वतन्त्र चिन्ह पाएको निर्वाचन कार्यालयले जनाएको छ ।
८५ वटा वडा रहेको बागलुङमा १ सय ३ मतदान स्थल, १ सय ९२ मतदान केन्द्र कायम भएका छन् । मतदान स्थल मध्य सबैभन्दा कम मतदाता ढोरपाटन नगरपालिका वडा नम्बर ३ मा रहेको मतदान केन्द्र देउराली आधारभुत विद्यालयमा ४ सय ५३ जना रहेका छन् । सबैभन्दा बढि मतदाता बागलुङ नगरपालिकाका वडा नम्बर १३ मा रहेको त्रिभुवन माविमा २ हजार ९ सय ७४ जना रहेको बताइएको छ । सबैभन्दा बढि मतदान केन्द्र बागलुङ नगरपालिकामा २२ वटा रहेका छन् भने सबैभन्दा कम मतदान केन्द्र ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकामा ५ वटा रहेको निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।
















प्रतिक्रिया