काठमाडौं, १९ वैशाख । अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१७ को नतिजा अाज राति सार्वजनिक हुँदैछ । नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको नतिजा सार्वजनिक हुन लागेको हो ।
ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटले डिभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार पौने १० बजे सार्वजनिक गर्नेछ । अमेरिकाको इडिटी समयअनुसार यो नतिजा मंगलबार मध्यान १२ बजेपछि सार्वजनिक हुन्छ ।
यसरी हेर्नुस् नतिजा:
डिभीको नतिजालाई काठमाडौंका डिभी भर्ने एजेन्सीहरुले निकै ठूलो विषयको रुपमा उठाएर पैसा समेत असुल्ने गरेका छन्। ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन। डिभी भर्नेहरुले सोझै https://www.dvlottery.state.gov मा गएर आफ्नो नतिजा हेर्न सक्छन्।











प्रतिक्रिया