८ मंसिर २०८३, मंगलबार

काठमाडौं महानगरमा एमाले र राप्रपाको चुनावी तालमेल ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र भर्खरै सरकारबाट बाहिरिएको राप्रपाबीच स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा तालमेल गर्ने सहमति भएको छ ।

यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच पटक पटक छलफल भएको स्रोतले बताएको छ । एमालेले मेयरमा आफ्नो उम्मेद्वार बनाउने र राप्रपालाई उमपेयर बनाउने प्रस्ताव गरेको थियो । यो प्रस्तावमा आज विहान एमाले र राप्रपाबीच सहमति भएको नेताहरुले बताएका छन् ।

मंगलबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय पुगेका राप्रपा अध्यक्ष थापा र एमाले अध्यक्ष ओलीबीच यस्तो सहमति भएको हो । भेटमा राप्रपाका तर्फबाट दीपक बोहरा सहभागी थिए भने एमालेबाट शीर्ष नेताहरु थिए ।

एमालेले अहिलेसम्म काठमाडौं महानगरका लागि उम्मेदवारको टुंगो लगाउन सकेको छैन् भने राप्रपाले राजाराम श्रेष्ठलाई मेयरमा अघि सारेको छ ।