काठमाडौं, १९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार तत्काल ढल्ने सम्भावना टरेको छ ।
प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरणमा असहमति जनाउँदै ३७ सांसद भएको राप्रपाले साथ छाडेपछि अल्पमतमा परेको सरकारलाई सीपी मैनाली नेतृत्वको नेकपा माले, विजय गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिक र मधेसी मोर्चाले काँध थाप्ने बालुवाटार स्रोतको भनाई छ ।
माले र फोरमलाई एक–एक उपप्रधानमन्त्री दिएर सरकारमा ल्याउने प्रयत्न भइरहेको र मधेसी मोर्चाले बाहिरै बसेर समर्थन गर्ने प्रधानमन्त्री निकट स्रोतको दाबी छ । मालेसँग ५ र गच्छदारसँग १७ सांसद छन् ।
मोर्चामा आबद्ध २५ सांसद भएको राजपाले समर्थन गर्ने बचन प्रधानमन्त्रीलाई दिइसकेपनि १५ सांसद भएको संघीय समाजवादी फोरमले भने अहिलेसम्म समर्थन गर्न नसकिने बताउँदै आएको छ ।















प्रतिक्रिया