८ मंसिर २०८३, मंगलबार

प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने प्रचण्डको निर्णयमा नारायणकाजीको काउन्टर !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयमा विरोध जनाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको हेडक्वार्टर बैठकमा नारायणकाजीले सुशीलालाई स्वच्छ, निष्ठावान, स्वाभिमानी, निडर र व्यवसायिक ब्यक्तित्व भन्दै उमीमाथि महाभियोग प्रस्ताव ल्याउनु उपयुक्त नभएको बताएका हुन् ।

नारायणकाजीले सुशीलाको बचाउ गरेपछि अधिकांश शीर्ष नेता तथा केन्द्रीय सदस्यले उनको विरोध गर्दै बैठकमै हंगामा गरेका थिए । उनीहरुले कार्यशैली र निर्णय गलत भएकी तथा आईजीपी प्रकरणमा कार्यपालिकाको क्षेत्राधिकारमाथि नै आँच पुर्याउने कार्कीमाथिको यो कदमलाई ऐतिहासिक, उपयुक्त, साहासिक र अनिवार्य भनेका थिए ।

बैठकमा नारायणकाजीले महाअभियोग प्रस्ताव गलत भएको भन्दै फिर्ता लिन अध्यक्ष प्रचण्डसँग आग्रह समेत गरेका थिए । तर, बहुमत सदस्य महाअभियोग कुनै हालत फिर्ता लिन नहुने पक्षमा देखिएपछि यसबारे कुनै निर्णय भएन् ।

बैठकमा के के भयो ? नारायणकाजीको बयान (जस्ताको तस्तै)

हिजो बसेको हाम्रो पार्टीको केन्द्रीय कार्यालयको बैठकमा प्रधान न्यायाधीश सुशीला कार्कीबिरुद्ध दर्ता गरिएको ‘महाभियोग’ प्रस्तावका बारेमा गम्भीर छलफल भयो ।

बैठकमा मैले निम्न बिचार राखें ।

१) संबिधानमा महाभियोग प्रस्ताव को प्राबधान निश्चित अर्थ र मर्मका साथ राखिएको छ । यो प्रस्ताव त्यस अनुरूप छैन् । प्रधान न्यायाधीश कार्कीका कतिपय कार्यशैली र निर्णयहरू गलत होलान् । आईजीपी प्रकरणमा गरिएको फैसलाले कार्यपालिकाको क्षेत्राधिकारमाथि आंच पुर्यायो भन्ने कुरा पनि नआएको होइन् । यस्ता कुराहरुप्रति असहमति र आलोचना हुन सक्छन् । तर उहाँको मुख्य प्रवृत्ति स्वच्छ, निष्ठावान, स्वाभिमानी, निडर र व्यवसायिक ब्यक्तित्व हो । त्यस्तो व्यक्ति माथि भबिश्यमा हुने कुनै फैसलाको आशंकाको आधारमा महाभियोग प्रस्ताब ल्याउनु उपयुक्त होइन । हामीले गरेको संघर्ष तात्कालिन राजनैतिक स्वार्थका लागि मात्र होइन, बरु लोकतान्त्रिक तथा प्रगतिशील मूल्य (मान्यता र संस्कृति सहितको उन्नत समाज निर्माण का लागि हो ।

२) तात्कालिन राजनैतिक परिस्थितिको संदर्भमा त झन यो उपयुक्त कदम हुनै सक्दैन् । यसले आजको राष्ट्रिय राजनैतिक कार्यभार पुरा गर्न सबै राजनैतिक र सामाजिक शक्ति हरूलाइ अझ एकताबद्द गरेर अघि बढ्नु पर्ने आवश्यकतालाई सहयोग होइन, कमजजोर बनाऊंछ ।

३) यस्तो महत्वपूर्ण निर्णय लिदा पार्टीमा कहीं कतै छलफल समेत गरिएन । यसरी यो निर्णय लिदा सङ्गठनको बिधी, पद्धति एवं संस्थागतता को पनि उलङ्घन भएको छ ।

तसर्थ यो कदम गलत छ र फिर्ता लिईनु पर्दछ ।

तर धेरै साथीहरूले यो कदमलाई ऐतिहासिक, उपयुक्त, साहासिक र अनिवार्य बताउनुभयो ।

अध्यक्ष प्रचण्डले बैठक नसकिएकाले केही दिनपछी बस्ने गरी जारी रहेको बताउनुभयो । बैठक निष्कर्षका साथ समापन नगरिएको भएपनी छलफलले यस सम्बन्धमा हुने निर्णयलाई स्वतः स्पष्ट जस्तो नै गरिसकेको छ ।