८ मंसिर २०८३, मंगलबार

पोखरामा कांग्रेसबाट कुँवर र गुरुङलाई टिकट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १९ वैशाख । नेपाली कांग्रेसले पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा रामजी कुँवरलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसको सोमबार मध्यराति सम्पन्न पदाधिकारी बैठकले कुँवरलाई टिकट दिने निर्णय गरेको हो । कुँवर नेपाली कांग्रेसका पुराना र ईमान्दार नेताका रुपमा चिनिन्छन् । उनी नेपाल ट्रड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष तथा पूर्व महासमिति सदस्य हुन् ।

उपमेयरमा कांग्रेसले पत्रकार सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ । गुरुङ कांग्रेसको कृयाशील सदस्य हुन् । उनी पोखराबाट प्रशारण हुने रेडियो अन्नपूर्णकी बरिष्ठ प्रस्तोता तथा पोखराबाटै प्रकाशित हुने कास्की आवाज दैनिककी अध्यक्ष पनि हुन् ।

नेकपा (माओवादी केन्द्र)ले पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा विश्वप्रकाश लामिछानेलाई उम्मेदवार बनाएको छ । उपमेयरको उम्मेदवार गोमा ढकाललाई बनाइएको छ ।

यसैगरी, नेकपा (एमाले)ले पोखरा–लेखनाथ महानगरपालिकामा मानबहादुर जीसीलाई मेयर र मञ्जु गुरुङलाई उपमेयरको उम्मेदवार बनाएको छ ।