काठमाडौं, १९ वैशाख । विभिन्न छ मधेस केन्द्रित राजनीतिक दलहरू मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालको पहिलो केन्द्रीय समितिको संयुक्त बैठक बस्दै छ ।
काठमाडौंको कालीकास्थानस्थित अमृतभोग कम्प्लेक्समा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा पार्टी एकीकरण र त्यसपछिको अवस्थाका विषयमा छलफल हुनेछ । राजपाका नेता राजकिशोर यादवले पार्टी एकीकरणपछिको पहिलो केन्द्रीय समिति बैठक बस्न लागेकाले सांगठनिक विषयहरूमा छलफल केन्द्रित हुने बताए ।
राजपा नेपालका अर्का नेता केशव झाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा पनि छलफल हुने बताए । ‘पहिलो पटक संयुक्त बैठक बस्न लागेको छ । पार्टीको विधानदेखि समग्र राजनीतिक विषयमा छलफल हुन्छ’, उनले भने ।
पार्टी एकीकरणसँगै शीर्ष नेताहरू सहभागी अध्यक्षमण्डलले राजपा नेपाललाई चलाउँदै आएको छ । अध्यक्ष मण्डलको जिम्मेवारी महन्थ ठाकुरले पाएका छन् ।











प्रतिक्रिया