१ कार्तिक २०८३, आइतबार

अमेरिकामा मूर्तिकार नेत्र खत्रीको मूर्तिकला प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको सेन्ट लुइस मिजौरीमा नेपाली मूलका यूवा कलाकार मूर्तिकार नेत्र खत्रीले बनाएका मूर्तिकला प्रदर्शन गरिएको छ ।

उनले नेपाल र नेपालको कलालाई प्रबर्धन गर्ने हेतुले उनले बिदेशीहरुको लागि प्रदर्शन गरेका हुन् । उक्त मूर्तिकला प्रदर्शन उनले सेन्ट लुइस मिजौरीको मस्टरसिड आर्ट ग्यालरीमा गरेका छन् ।

नेपालको बागलुङ जिल्ला निवासी २५ वर्षीय नेत्र खत्री दुई वर्ष अगाडि सन् २०१५ मा अमेरिका आएका थिए ।

काका कलाकार भएकाले त्यो देखेर आफू पनि चित्रकला बनाउने र मूर्ति कुद्ने काममा झुकाव भएर लागेको उनले बताए ।